CLI

नेशनल बैकिङ्ग इन्स्टिच्युटको १५औं बार्षिकउत्सब सम्पन्न

काठमाडौं ।नेशनल बैकिङ्ग इन्स्टिच्युटले एक समारोहको बिच आफ्नो स्थापनाको १५औं बार्षिकउत्सब मनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा इन्स्टिच्युटले विभिन्न  सर्टिफिकेशन  कार्यक्रममा  उत्कृष्ट  स्थान  प्राप्त  गर्ने  प्रशिक्षार्थिहरुलाइ  सम्मानित गर्नुका  साथै  इन्स्टिच्युटमा  १०  वर्ष  सेवा  अवधि  पुरा  गरेका  कर्मचारीहरुलाई  पुरस्कृत  गरेको छ ।

कार्यक्रमा गभर्नर अधिकारीले नेशनल बैकिङ्ग इन्स्टिच्युट द्वारा संचालन गरिने दुईवटा नयाँ  सर्टिफिकेशन कोर्षहरु   “Management” / “Retail Banking” को सुरु गरेका थिए । उक्त कार्यक्रमा गभर्नर अधिकारीले भौतिक पूर्वाधार   (आफ्नै   आवासिय   क्याम्पस)   विस्तारमा   जोड   दिनुपर्ने   र   सवै   बैंक   तथा   वित्तिय   संस्थाले इन्स्टिच्युटलाई  उक्त  कार्यमा  सहयोग  पुर्याउन  आवश्यक  भएको  कुरामा  जोड  दिएका थिए  ।

उक्त  अवसरमा  इन्स्टिच्युटको  सहयोगी  सस्ंथा  Banking and Finance  का प्रमुख कार्यकारी अधिकृत  विश्व केतन दासले

सर्टिफिकेशन कोर्षको महत्वका बारेमा चर्चा गरेका थिए भने   नेपाल बैंकर्स संघका अèयक्ष  सुनिल के.सी.  ले  बैंकहरु  नेशनल  बैकिङ्ग  इन्स्टिच्युटको  भौतिक  पूर्वाधार  विकास  तथा  इन्स्टिच्युटका  विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि सदैव सकारात्मक रहेको कुरा व्यक्त गरे ।

कार्यक्रमामा इन्स्टिच्युटका   प्रमुख   कार्यकारी   अधिकृत    कुमार   लम्सालले   इन्स्टिच्युटका   गतिविधि   तथा   भावि कार्यक्रमहरुका   बिषय राखेका थिए   ।

उक्त   कार्यक्रममा   नेपाल   राष्ट्र   बैंकका   उच्च अधिकारीहरुका  साथै  विभिन्न  बैंक  तथा  वित्तिय  सस्ंथाका  कार्यकारी  प्रमुख  तथा  अन्य  अधिकारीहरुको  थिए । कार्यक्रमको    नेपाल  राष्ट्र  बैंकका कार्यकारी निर्देशक तथा नेशनल बैकिङ्ग इन्स्टिच्युटका अध्यक्ष डा.नेफिल मातङ्गी मास्केले बैंक तथा वित्तिय   संस्थालाई   इन्स्टिच्युटको   विकासमा   सहयोग   का   लागि   धन्यबाद   ग्यापन गेरका थिए।

 

Leave Your Comment

Related News