काठमाडौं । वाणिज्य बैंकहरुले दिने सेयर धितो कर्जा प्रवाह बढेको छ । बैंकहरुले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमाससम्म १ खर्ब २९ अर्ब ६८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनमा ४१.६७ प्रतिशत बढी हो । गत आव बैंकहरुले ९१ अर्ब ५४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छ । चालु आवमा सो बैंकले १६ अर्ब ९५ करोड २० रुपैयाँ कर्जा प्रवाह गरेको हो । गत आवको तुलनामा ३४.४५ प्रतिशत अर्थात ४ अर्ब ३४ करोड ४० लाख रुपैयाँले बढी हो। गत वर्ष बैंकले १२ अब ६० करोड ९० लाख रुपैयाँको कर्जा प्रवाह गरेको थियो । त्यस्तै नबिल बैंक पछि गलोबल आइएमईले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ ।
बैंकले चालु आवमा १३ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ कर्ज प्रवाह गेको छ । जुन गत आवको तुलनामा १ अर्ब ९८ करोड ३० रुपैयाँले बढी हो ।त्यसैगरी, कुमारी बैंकले १० अर्ब १७ करोड ९० लाख, प्राइम कमर्सियलले ९ अर्ब ५२ करोड ५० लाख,सिद्धार्थ बैकले ८ अर्ब ६० करोड ४० लाख , लक्ष्मी सनराइजले ८ अर्ब ५२ करोड २० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
१७ वाणिज्य बैंकको सेयर धितो कर्जा बढेको छ । यता, नेपाल बैंक र सिटिजन्स बैंकको कर्जा प्रवाह भने घटेको छ । नेपाल बैंकको कर्जा प्रवाह ७९ करोड रुपैयाँले घटेको छ । बैंकले गत आवमा ७ अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवहा गरेको थियो भने चालु आवमा बैंकले मात्र ६ अर्ब ९२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।



