माओबादी सत्ताच्युत, कांग्रेस र एमाले मिलेर सरकार बन्दै

काठमाडौं । संघिय संसदका ठुला  दल पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बर्तमान सत्ता समिकरण परिबर्तन गर्दै  नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको बताइएको छ ।

ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी दिए ।

सम्झौता अनुसार सुरुमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री बन्नेछन् ओलि नेतृत्वको सरकारमा नेकपा एमालले अर्थ सहित ९ मन्त्रालय लिने र नेपाली कांग्रेसले गृह मन्त्रालयसहित १० मन्त्रालय लिने समझदारी भएको छ ।

संसदीय निर्बाचन पश्चात १९ महिनामा गठवन्धनमा चौथो पटक फेरबदल हो । अहिले संघिय संसदमा रहेका ठुला नेपाली कांग्रेस  र नेकपा एमालेको बीचमा सत्ता गठबन्धन सुरु भएको छ । बिगत१९ महिना संसदमा तेस्रो शक्तिको रुपमा रहेको नेकपा माओबादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमालले सर्थन गर्दै सरकार चलेको थियो ।

नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा सत्ता साझेदारी गर्ने सँगै दुई तिहाई मत पुर्याएर संबिधान सशोधनमा पनि सहमति जुटेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार