रिलायन्स स्पिनिङ मिल्सको असार २७ गतेदेखि आईपीओ आउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्विकृत प्राप्त गरि बैदेशिक रोजागारमा रहेका नागरिकका लागि प्राथमिक शेयर(आईपीओ) निश्काशन गरेको छ ।

जम्मा ११ लाख ५५ हजार ९ सय ६० कित्ता प्राथमिस शेयरको १० प्रतिसत अर्थात १ लाख १५ हजार  ५ सय छयानब्बे कित्ता प्राथमिक शेयर बैदेशिक रोजागारमा रहेका नागरिकका लागि खुल्ला गरिएको हो  । बैदेशिक रोजगारमना रहेका इच्छुक नागरिकले प्रति कित्ता ८ सय २० रुपैँया ८० पैसाका दरले न्युनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता शेयरको लागि आबेदन दिन सक्नेछन् भने आबेदन दिदाँ २०८१ असार २७ देखी अधिकतम  साउन १० बैङ्किङ समय भित्र आबेदन दिनु पर्ने छ ।  बैदेशिक रोजगारमा रहेका नागरिकलाई छुट्याईएको शेयर सो समयमा आबेदन नपरि बिक्रि नभएमा बाँकी रहेको शेयर समायोजन गरि सर्बसाधारलाई बिक्रि गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको हो  । पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म कबोल पेस गरेका थिए ।

कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ । २०५१ बाट संचालित कम्पनीमा ४३ सय बढी रोजगार रहेको कम्पनीको  दाबी रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार