काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवलमा नयाँ स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा एनटर्क १५० सार्वजनिक गरेको हो।संगीत र मनोरञ्जनको उत्साहपूर्ण माहोलमा आयोजित कार्यक्रममा टीभीएसका पारखी, सञ्चारकर्मी, सामग्री निर्माता, डिलर तथा अन्य अतिथिहरूको उपस्थिति थियो। स्कुटरको औपचारिक अनावरण जगदम्बा मोटर्सका राष्ट्रिय बिक्री प्रमुख हरि न्यौपाने, व्यवसाय विकास प्रमुख धनीराम भुसाल तथा बालाजी अटोमोबाइल्स–टीभीएस बुटवलका निर्देशक विशाल जैसवाल र अभिनव थापाले संयुक्त रूपमा गरेका थिए।
कम्पनीका अनुसार एनटर्क परिवारको सबैभन्दा शक्तिशाली स्कुटरका रूपमा प्रस्तुत गरिएको एनटर्क १५० ले उत्कृष्ट गति, स्पोर्टी डिजाइन र आधुनिक प्रविधिको संयोजन प्रदान गर्छ। बुटवलमा सार्वजनिक भएसँगै पश्चिम नेपालमा टीभीएस एनटर्क ब्रान्डको बजार उपस्थिति थप विस्तार हुने कम्पनीको अपेक्षा छ।
दमदार इन्जिन र उच्च गति
टीभीएस एनटर्क १५० मा १४९।७ सीसी क्षमताको एयर कुल्ड ओथ्रीसीटेक इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले सात हजार आरपीएममा १३।२ पीएस अधिकतम शक्ति र पाँच हजार पाँच सय आरपीएममा १४।२ एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार यो स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति मात्र ६।३ सेकेन्डमा हासिल गर्न सक्छ। यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ। तीव्र गति, उत्कृष्ट पर्फर्मेन्स र गतिशील राइडिङ अनुभव चाहने ग्राहकलाई लक्षित गरी स्कुटर तयार गरिएको कम्पनीले जनाएको छ।
स्टेल्थ विमानबाट प्रेरित डिजाइन
एनटर्क १५० को डिजाइन स्टेल्थ विमानबाट प्रेरित रहेको छ। यसमा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प, वायुगतिकीय विङ्लेट्स, जेट विमानबाट प्रेरित भेन्ट्स, रंगीन एलोय ह्विल, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार तथा टी आकारको टेल ल्याम्प समावेश गरिएको छ।
स्पोर्टी बनावट, आकर्षक बाहिरी स्वरूप र विशेष मफलर ध्वनिले स्कुटरलाई फरक पहिचान दिने कम्पनीको भनाइ छ। यसको डिजाइनमा टीभीएस एनटर्क ब्रान्डको रेसिङ विशेषतालाई प्राथमिकता दिइएको छ।
५० भन्दा बढी कनेक्टेड सुविधा
स्कुटरमा टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड सुविधा उपलब्ध छन्। यसमा टर्न(बाइ(टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थानको जानकारी, कल तथा सन्देशसम्बन्धी सूचना र विभिन्न राइड मोडजस्ता सुविधा समावेश छन्।
यी सुविधाले चालकलाई यात्राका क्रममा आवश्यक सूचना प्राप्त गर्न तथा स्कुटर प्रयोगलाई थप सहज र प्रविधिमैत्री बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।
पश्चिम नेपालमा बजार विस्तार गर्ने लक्ष्य
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका राष्ट्रिय बिक्री प्रमुख हरि न्यौपानेले टीभीएस एनटर्कले उत्कृष्ट पर्फर्मेन्स, नवीन प्रविधि र आकर्षक डिजाइनका कारण नेपाली युवा राइडरमाझ छुट्टै पहिचान बनाउन सफल भएको बताए।
एनटर्क १५० को आगमनले स्कुटरको पर्फर्मेन्स र प्रविधिलाई थप उचाइमा पुर्याउने उल्लेख गर्दै उनले बुटवलमा विपुल क्षेत्रीको कन्सर्टको अवसरमा नयाँ स्कुटर सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। संगीत, युवा पुस्ताको जोश र उच्च पर्फर्मेन्सको संयोजनले कार्यक्रमलाई विशेष बनाएको उनको भनाइ थियो।
उनले बुटवल टीभीएसका लागि महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै पश्चिम नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न एनटर्क १५० ले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। बुटवल तथा आसपासका क्षेत्रका ग्राहकले पर्फर्मेन्स, स्टाइल र आधुनिक प्रविधिलाई प्राथमिकता दिने भएकाले नयाँ स्कुटरले बजारमा राम्रो स्थान बनाउने अपेक्षा कम्पनीले गरेको छ।
नयाँ एनटर्क १५० मार्फत जगदम्बा मोटर्सले नेपाली बजारमा स्पोर्टी स्कुटरको विकल्प थप गर्दै युवा तथा प्रविधिमैत्री ग्राहकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।




