CLI

इरानी ड्रोन आक्रमणमा मृत्यु हुने नेपालीको पहिचान खुल्यो

काठमाडौं । इरानी ड्रोन आक्रमणमा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो ।

दिवस मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । उनको मृत्युबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।

परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजानेलगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न तत्पर रहेको पनि दूतावासले जनाएको छ । दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डहरु पूर्ण रूपमा पालना गर्न समेत अनुरोध गरेको छ ।

इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ ।

Leave Your Comment

Related News