CLI

वाणिज्य बैंकहरूको सुनचाँदी कर्जा करिब ९२ अर्ब : नेपाल बैंक सबैभन्दा अगाडि, ६ बैंकको लगानी शून्य

काठमाडौं । पछिल्लो समय बैंकबाट सुनचाँदी कर्जा प्रवाह बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०८२\८३ को ६ महिनामा वाणिज्य बैंकहरुको कर्जा बढेको तथ्यांकले देखाउँछ ।

चालु आवमा वाणिज्य बैंकहरुले ९१ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । जबकि गत आवको सोही अवधिमा बैंकहरुले ६३ अर्ब २४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सन्चालनमा रहेको २० वाणिज्य बैंक १४ बैंकले वटाले मात्र सुनचाँदी कर्जा प्रवाह गरेका छन् ६ वटाले भने गरेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै नेपाल बैंकले सुनचाँदी कर्जा प्रवाह गरेको छ ।

नेपाल बैंकले ६ महिनामा मात्रै ४४ अर्ब १५ करोड ९० लाख रूपैयाँ बराबरको सुनचाँदी धितोमा राखी कर्जा प्रवाह गरेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३१ अर्ब ९९ करोड २० लाख रूपैयाँ उकत कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, प्राइम बैंकले ८ अर्ब २२ करोड ४० लाख, नेपाल इन्भेस्टमेन्ट मेगाले २ अर्ब ९७ करोड ४० लाख,नबिल बैंकले २ अर्ब ६७ करोड ६० लाख,लक्ष्मीसनराइजले ८५ करोड ९० लाख,सिटिचन्स बैंकले ७३ करोड ५० लाख रुपैयाँ सुनचाँदी धितो कर्जा प्रवाह गरेका छन्।

यता, कुमारी बैंकको कर्जा प्रवाह भने घटेको छ ।  बैंकको उकत कर्जा प्रवाह ७.५२ प्रतिशतले घटेको छ । एनआईसी एसिया  बैंकको ४६.६५ प्रतीशत ,प्रभु बैंकको ४०.८३ र कृषि विकास बैंक ८२.५० प्रतीशतले घटेको  छ ।

यस बाहेकका स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन,नेपाल एसबीआई, एभरेष्ट बैंक, ग्लोबल आइएमई र सानिमा बैंककले यस्तो कर्जा प्रवाह गरेका छैनन् ।

Leave Your Comment

Related News