CLI

कार्की आयोगले जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन बुझाउने तयारीमा

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ ।

जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ ।

‘सकभर काम पुरा भएमा प्रधानमन्त्रीलाई भेटेर छिटो प्रतिवेदन बुझाउने तयारीमा जुटेका छौँ । केही देखिएकाले त्रुटि सच्याउने काम भइरहेछ,’ आयोगका एक सदस्यले  भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’

अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ ।

गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् ।

Leave Your Comment

Related News