CLI

संखुवासभामा बल्ल सुरु भयो गणना

विराटनगर । मतपेटिका संकलनमा ढिलाइ भएका कारण सुरु हुन नसकेको संखुवासभामा मतगणनाका सुरु भएको छ ।

शनिबार दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ ।

जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेकोमा ६३ हजार ६३४ मत खसेको छ ।

Leave Your Comment

Related News