CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । अइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन प्रतितोला ३ हजार ५ सय रुपैयँले बढेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ ।  बजारमा चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News