यी चार प्रदेशमा भारी बर्षा हुने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

महाशाखाले जनाए अनुसार  देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ

आज देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  र  थोरै स्थानहरूमा  भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातमा देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  र  थोरै स्थानहरूमा  भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।  कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार