साताको सेयर नेप्से सँगै कारोबार र पूँजीकरण रकममा समेत वृद्धि

काठमाडौं । यो साता सेयर बजार सकारात्मक रह्यो, जसले गर्दा नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार सेयर, कारोबार रकम र बजार पूँजीकरण रकम समेत बढेको देखिन्छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ६७.७८ अंंकले बढेको छ । गत साता २०५१.९२ अंकमा पुगेको नेप्से परिसूचक यो साता २११९.७० अंकमा पुगेको हो । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि गत साताको तुलनामा यो साता १३.५२ अंकले बढेको छ । गत साता ३६१.१८ अंकमा सिमित भएको सेन्सेटिभ इन्डेक्स यो साता ३७४.७० अंकमा पुगेको हो ।

गत साताको तुलनामा यो साता सेयर कारोबार १ करोड ९९ लाख ५८ हजार ८ सय ७७ कित्ता सेयरले बढेको छ । गत साता ४ करोड ७३ लाख ३३ हजार ४ सय १८ कित्ता सेयर कारोबार हुदाँ यो साता ६ करोड ७२ लाख ९२ हजार २ सय ९५ कित्ता सेयर कारोबार भएको छ । सेयर कारोबार संख्या बढे सँगै गत साताको तुलनामा यो साता कारोबार रकम समेत १ अर्ब ३३ करोड ६४ लाख रुपैयाँले बढेको हो । गत साता २१ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ कारोबार रकम रहँदा यो साता २२ अर्ब ७५ करोड रुपैयाँ कारोबार रकम रहन पुग्यो । बजार पूँजीकरण रकम भने गत साताको तुलनामा यो साता १ खर्ब ८ अर्ब ४७ करोड १३ लाख रुपैयाँले वृद्धि भएको छ । गत साता ३२ खर्ब ५३ अर्ब ७४ करोड ४६ लाख रुपैयाँ बजार पूँजीकरण रकम रहेकोमा यो साता ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख रुपैयाँ रहन पुग्यो ।

१३ वटा समूह परिसूचकहरु यो साता बढेको छ । गत साताको तुलनामा यो साता १३ वटै समूह परिसूचकहरु बढेका हुन् । गत साताको तुलनामा यो साता बैकिङ ५९.८४, विकास बैक ३५८.४१, वित्त १७२.३२, होटल र पर्यटन १६२.२९, जलविद्युत २२.३५, लगानी २.९३, जीवन बीमा ३९५.५८, उत्पादन र प्रशोधन ११८.२१ र लघुवित्त २०.३३ अंकले बढेको छ । त्यस्तै गत साताको तुलनमा यो साता म्युअुचल फन्ड ०.१७, निर्जीजन बीमा ३१३.३७, व्यापार २७८.०८ र अन्य समूहपरिसूचक ७.०८ अंकले बढेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार