काठमाडौं । सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती नदीमा बाढी बढेको छ । काठमाडौं उपत्यका एवं आसपास क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले बागमती नदीमा पानीको सतह बढेको हो ।
शनिबार बिहान १.५ मिटर मात्र पानीको सतह रहेकोमा मध्यान्हसम्म ४ मिटर पुगिसकेको बागमती नदी अन्तर्गत पँधेरा दोभान जल सतह मापन केन्द्रका लिलाम्बर खनालले जानकारी दिए ।
बाढी बढ्दै गएपछि बागमती सिँचाइ ब्यारेजका ३५ वटै ढोका खोलिएको छ । यद्यपि बागमती नदीको सिँचाइ ब्यारेजभन्दा उत्तर पानीको सतह साढे ६ मिटर बढी गहिराइ भएपछि खतरा मानिन्छ ।
अहिलेसम्म खतराको अवस्था नआएको बागमती सिँचाइ आयोजनाले जनाएको छ ।