CLI

वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी

पाल्हीनन्दन । नवलपरासी (पश्चिम) एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ ।

चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालय प्रमुख राजु क्षेत्रीले बताए ।

कामको प्रकृतिअनुसार एक जना कामदारलाई दैनिक ६५० देखि एक हजार रुपैयाँसम्म ज्याला दिइएको उनले बताए । उनले जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको बताए ।

Leave Your Comment

Related News