CLI

सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालिन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौंको सितापाइला बस्ने उनलाई बैंकिङ्ग कसुरमा ६ वर्ष कैद र २२ करोड बढी जरिवाना तोकिएको थियो ।

जरिवाना तोएिकोडेढ वर्षपछि उनी पक्राउ परेका हुन् । उनले निक्षेपकर्ता एवम् संस्था हितविपरीत कार्य गरी बैंकिङ्ग कसुर गरेको मुद्दामा दोषी ठहर भएका थिए ।

सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले उनलाई सो मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

Leave Your Comment

Related News