आर्थिक वर्षको अन्त्यतमा बैंकिङ प्रणालीमा थुप्रियो करिब ७२ अर्ब निक्षेप

काठमाडौं । आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा बैंकिङ प्रणाली निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असारमा मात्र ७१ अर्ब ७२ करोड रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा थपिएको हो । असारको सुरुदेखि १६ गतेसम्म उक्त निक्षेप रकम बैंक तथा वित्तीय संस्थामा थपिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको अन्य महिनाको तुलनामा असारमा बढी खर्च हुँदा निक्षेप पनि थुप्रिन थालेको हो ।

असार ४ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६२ खर्ब ६३ अर्ब १६ करोड रुपैयाँ थियो ।  असार १६ मा आइपुग्दा निक्षेप संकलनमा वृद्धि भई ६३ खर्ब ३४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

निक्षेप थुप्रिँदै जाने, तर कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी पनि वृद्धि हुँदै गएको छ । ४ देखि १६ असारको बीचमा १३ अर्ब ११ करोड ९९ लाख रुपैयाँको कर्जा विस्तार भएको छ । लगानीयोग्य पुँजीको अवस्था मापन गर्ने कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) १६ असारसम्म ७९.१८ प्रतिशत कायम भएको छ । ४ असारमा यस्तो अनुपात ७९.८७ प्रतिशत थियो ।

सरकारले राजस्व उठाउँदा बैंकहरूले पनि निक्षेप प्राप्त गर्छन् । राजस्व संकलनमा भएको वृद्धिले सरकारी खर्च नहुँदासम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ना जान्छ , जसले अल्पकालीन निक्षेपको काम गर्छ । सरकारले खर्च बढाउँदा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै जान्छ । सरकारले आर्थिक वर्षको अन्त्यमा निजी क्षेत्र, निमा

बैंकिङ प्रणालीबाट निजी क्षेत्र, निर्माण व्यवसायी, कर्मचारी तथा अन्य निकायले पैसा पाउने भएकाले निक्षेप बढाउन सरकारी खर्चको महत्वपूर्ण भूमिका रहन्छ । राजस्व र खर्चको सन्तुलनले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भूमिका खेलेको हुन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार