CLI

शिखर पावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान सेयर बाँडफाँट गरेको हो।

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २६ लाख ८७ हजार ३ सय ४७ जनाले आवेदन दिएका थिए । जस मध्ये २६ लाख ५० हजार ८ सय ४७ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १ लाख ८४ हजार २ सय ६० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।‍

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

 

Leave Your Comment

Related News