CLI

६४.७६ अंकले बढ्यो नेप्से, २१ अर्ब २२ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ६४.७६ अंकले बढेको छ ।  बजार २८७७.०२ अंकमा पुगेर बन्द भएको हो । यस दिन ३४२ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख ९१ हजार २५१ पटक्को कारोबार हूँदा ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने २१ अर्ब २२ करोड ३४ लाख पुगेको छ । मंगलबारको तुलनमा कारोबार रकम ९ अर्ब १८ करोड ९० लाख रुपैयाँले भढेको छ ।मंगलबार कारोबार रकम १२ अर्ब ३ करोड ४४ लाख थियो ।

सेन्सेटिभ इण्डेक्स ११.६२ अकं बढेको छ भने फ्लोट इण्डेक्स ४.८५ र सेन्सेटिभ फ्लोट डण्डेक्स ४.१३ अंकले बढेको छ ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ३.१६ प्रतिशतले,विकास बैंक ३.९५, वित्त १.९४, होटल्स तथा पर्यटन समूह१.७५, जलविद्युत २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन र प्रशोधन १.८९ लघुवित्त १.२४, म्युअुचल फण्ड ०.०४ निर्जीवन बीमा १.८०, अन्य समूह १.९७ र व्यापार समूह ०.१६ प्रतिशतले बढेका छन् ।

यस दिन ४ वटा कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेको छ । मूल्य बढनेमा कर्पोरेट डेभलपमेन्ट बैंक,सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । । होटल फरेष्ट इनको सेयरमूल्य ९.९३ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड १६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको  ६६ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News