CLI

७२ लाख ८५ हजारले नाघ्यो करदाताको संख्या

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार करदाताको संख्या पौने ७३ लाख नाघेको छ । मन्त्रालयका अनुसार २०८१ पुससम्म स्थायी लेखानम्बर लिने करदाताको सङ्ख्या ७२ लाख ८५ हजार नाघेको छ ।

स्थायी लेखानम्बर लिने करदाता मध्ये ७०.६ प्रतिशत व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता रहेका छन् भने व्यावसायिक र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको हिस्सा क्रमशः २८.९ प्रतिशत र ०.५ प्रतिशत रहेको छ ।

यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको सङ्ख्या ३ लाख ६२ हजार ६ सय ७८ र अन्तः शुल्कमा दर्ता हुने करदाताको सङ्ख्या १ लाख २९ हजार ३ सय ७५ पुगेको छ ।

Leave Your Comment

Related News