RE
Global College

परिवर्त्य विदेशी मुद्रा के हो ? यो कसरी लिने

काठमाडौं । नेपालमा सटही अनुमति पाएका विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ।

विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट सटही गर्न सकिने गरी दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएको विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनेर चिनिन्छ।

नेपालमा हालको व्यवस्थाअनुसार २० वटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राका छन् । जसमा अमेरिकी डलर, अस्ट्रेलियन डलर, सिंगापुर डलर, चाइनिज युआन, डेनिस क्रोनर, बहराइन दिनार, क्यानेडियन डलर, मलेसियन रिङ्गिट र ब्रिटिस पाउन्ड स्टर्लिङ हुन्।

यसैगरी युरो, स्विस फ्राङ्क, यूएई दिराम, कतारी रियाल, स्विडिस क्रोनर, हङकङ डलर, दक्षिण कोरियन वन, साउदी अबर रियाल, थाई भाट, कुवेती दिनार र जापानी येन पनि नेपालमा परिवर्त्य मुद्राका रुपमा रहेका छन्।

भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम गरिएको छ।

 

NECO

Leave Your Comment

Related News