काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणको क्रममा पर्यटन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले पर्यटन सचिव केदार बहादुर अधिकारीका साथै तत्कालीन उपमहानिर्देशकहरु संजिब गौतम , राजन पोखरेल, महेन्द्र सिंह रावल विरुद्ध मुद्धा दायर गरेको हो ।
प्राधिकरणका निर्देशक ध्रुवदास भाछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ, नेपाल नागरिक प्राधिकरण, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक तथा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी , आयोजना निर्देशक बाबुराम पौडेल, आयोजनाका उपनिर्देशक प्रवीण न्यौपाने, आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ र आयोजना प्रमुख विनेश मुनंकर्मी विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको हो ।
अख्तियारले आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृतर उपप्रबन्धक प्रमोद नेपाल र वरिष्ठन लेखा अधिकृत/ उपप्रबन्धक सबिन फुयाल , आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्याती थापा र आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी , आयोजना परामर्शदाता यम बहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी र प्रमोद दवाडी विरुद्ध मुद्धा दायर गरेको हो ।
अख्तियारले निर्माण व्यवसायी चाइना सिएमसी इन्जिनियरङ कम्पनी र कम्पनी अध्यक्ष वाङ वो एवम आयोजना प्रवन्धक याङ जिग्याङ विरुद्ध समेत मुद्धा दायर गरेको छ ।
अख्तियारले विमानस्थल निर्माणको क्रममा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुराई भ्रष्टाचार गरेको भन्दै आइतबार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ भ्रष्टचार गरेको दाबी गर्दै मुद्धा दायर गरकेो हो । अख्तियारले विमानस्थल निर्माणको क्रममा भ्रष्टचार गरेका अधिकारीहरुले भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कैद जरिवाना र बिगो कायम गर्दै अदालतमा मुद्धा दायर गरेको हो । विमानस्थल निर्माणको क्रममा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुराई भ्रष्टाचार गरेको भन्दै



