CLI

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र साना किसान विकास लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।

जसमध्ये, सिद्धार्थ बैंकको ७० लाख ४४ हजार ९९०.१० कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो ।

नेपाल एसबिआई बैंकले ४३ लाख ५९ हजार ६६३.२२७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट ४ प्रतिशत बोनस सेयर दिएको हो ।

यता,साना किसान विकास लघुवित्तले ६१ लाख ४५ हजार ४८५.६५७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट १४.२५ प्रतिशत बोनस सेयर दिएको हो ।  उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News