काठमाडौं । सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेको छ । बजार २९३६.५६ अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४२ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख ५६ हाजर ३८१ पटक्को कारोबार हुँदा ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । आइतबारको तुलनमा कारोबार रकम ७ अर्ब ८१ करोड १४ लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ०.२८ अकं घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.०३ अंक बढेको छ ।
यस दिन ७ वटा उप समूह बढेका छन् भने ३ वटा घटेका छन् । वित्त ०.२० प्रतिशतले, जलविद्युत ०.९६, लगानी ०.७२, उत्पादन र प्रशोधन १.५३, लघुवित्त ०.४३, म्युअुचल फण्ड ०.८८ र अन्य समूह ०.०१ प्रतिशतले बढेका छन् । बैंकिङ ०.२७ प्रतिशतले,विकास बैंक ०.५०, होटल्स तथा पर्यटन समूह ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४, र व्यापार समूह ०.५९ प्रतिशतले घटेका छन्।
यस दिन ४ स्टकको सेयर १० प्रतिसतले बढेको छ।सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। त्यस्तै, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन ६७ करोड २३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम ५७ करोड रुपैयाँ नाघेको छ।


