CLI

२३.८३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेको छ । बजार २९६०.४०  अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २६ हाजर ९४७ पटक्को कारोबार हुँदा ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।  सोमबारको तुलनमा कारोबार रकम ९४ करोड ७२ लाख रुपैयाँले कम हो । सोमबार कारोबार रकम १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स १.९७ अकं बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.८२ अंक बढेको छ ।

यस दिन ८ वटा उप समूह बढेका छन् भने ५ वटा घटेका छन् । बैंकिङ ०.६७ प्रतिशतले,विकास बैंक १.३८, वित्त ०.५१, जलविद्युत १.३२, लगानी ०.११, उत्पादन र प्रशोधन ०.८६, म्युअुचल फण्ड ०.२५ र व्यापार समूह ९.१२ प्रतिशतले बढेका छन् । होटल्स तथा पर्यटन समूह ०.१७, जीवन बीमा ०.३७, लघुवित्त ०.४६,निर्जीवन बीमा ०.३८, र अन्य समूह ०.१६ प्रतिशतले घटेका छन्।

यस दिन ५ स्टकको सेयर १० प्रतिसतले बढेको छ।सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर र  भुजुङ्ग हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। त्यस्तै, होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड ४३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। अपि पावरको ५७ करोड ८७ लाख रुपैयाँ, एचआईडिसिएलको ४५ करोड ७० लाख, ङादी ग्रुपको  ४१ करोड ३१ लाख र शिवम् सिमेन्टसको ३९ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

Leave Your Comment

Related News