काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू दुई जना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-३ घर भएकी ३७ वर्षीया राधिका बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय सुशिल लामालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेकी राधिकालाई काठमाडौं महानगरपालिका-६ बाट आइतबार पक्राउ गरेको हो । साथै जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सुशिललाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये राधिकालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुशिललाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।


