काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्बाचनबाट निर्बाचित जेष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई राष्ट्रपतिबाट शपथ खान लागेका छन् । आज बिहान ११.४५ बजे राष्ट्रपति कार्यालय शितल निबासमा उनले सांसदको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ ।
नब निर्वाचित जेष्ठ सदस्य अर्जुन नरसिंहले आज पद तथा गोपनियताको सपथ लिए पश्चात भोलि चैत १२ गते संसदका जेष्ट सदस्य केसिले नब निर्बाचित सांसदलाइ पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम रहेको छ । नवनिर्चाचित सांसदको शपथ नव निर्मित संसद भबन सिंहदरबारको बहुउदेश्यीय हलमा हुने भएको छ ।
चैत १२ गते सांसदको रुपमा शपथ लिएपश्चात संसदमा बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ट नेता बालेन्द्र शाहले प्रधामन्त्रीको रुपमा देशको नेतृत्व लिने छन् । उनको शपथ चैत १३ गते राम नवमीको दिन तय भएको छ । रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उमेद्वारको रुपमा अगाडि सारेर चुनाबमा गएको थियो । उनले शपथ लिए पश्चात सोहि दिन मन्त्रीपरिषद्को गठन गरिने रास्वपाले जनाएको छ । रास्वपाका कुन सांसदले कुन मन्त्रालय को नेतृत्व गर्ने भन्ने बिषयमा रास्वपा शीर्ष तहमा छलफल जारी रहेको छ ।


