काठमाडौं । केही दिनदेखि घटिरहेको सुनको मूल्य आज बुधबार प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य पनि प्रतितोला ४१५ रुपैयाँले बढेको छ। बजारमा चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ थियो।”


