CLI

नेप्सेमा २ कम्पनिको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा अप्पर हेवाखोला हाइड्रोपावर र चन्द्रागिरी हिल्सको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये, अप्पर हेवाखोला हाइड्रोपावरको ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफा बाट १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

यता, चन्द्रागिरी हिल्सको ७ लाख ६७ हजार ०४५.५० कित्ता सेयर सूचिकृत भएको छ ।  गत वर्ष को नाफा बाट ५ प्रतिशत बोनस सेयर दिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News