काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. स्वणिम वाग्लेले कार्याभार समाल्दै पहिलो निर्णय गर्दै चैत १२ सम्मको चैत १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने, सोही आधारमा निर्वाचन प्रतिबद्धता कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना समेत निर्माण गर्ने , उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०७९ को प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने, उक्त प्रतिवेदनले सिफारिस गरेका राजस्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने र निजी क्षेत्रलाई सुरक्षित र प्रोत्साहित गर्ने तथा ठूला विकास आयोजनालाई सहज बनाउने उद्देश्यले नयाँ विधेयक ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने प्रक्रिया अगाडि बढाइने निर्णय गरेका छन् । यसका साथै उनले व्यापक आर्थिक तथा कानुनी सुधारको मार्गचित्र तयार गरिने निर्णय गरेका छन् ।
आर्थिक सुधारलाई तीव्रता दिन महत्वपूर्ण तीन निर्णयहरू सार्वजनिक गरेको छ। सरकारले यी निर्णयमार्फत लगानीमैत्री वातावरण सिर्जना गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिएको जनाएको छ।


