काठमाडौं । नेकपा एमालेका नेता केन्द्रीय सदस्य एवं पुर्व सचेतक महेश बर्तौलाले एमाले अध्यक्ष केपी ओलीको पक्राउलाई लिएर सरकार मुलुकलाई अस्थिरता द्वन्द र मुठभेड तर्फ धकेल्न षड्यन्त्रमा लागेको बताएका छन् । उनले भनेका छन् ”सरकार स्वयम् नै मुलुकलाई अस्थिरता , मुठभेड र द्वन्द तर्फ धकेल्न भयानक षडयन्त्रमा लाग्यो”
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो रुपमा दुई तिहाइ शक्तिको दम्भ र उन्माद प्रदर्शन गर्दै क्रुर प्रतिशोध तर्फको यात्रा प्रारम्भ गरेको छ । यसबाट सरकार स्वयम् नै मुलुकलाई अनन्त अस्थिरता , मुठभेड र द्वन्द तर्फ धकेल्न भयानक षडयन्त्रमा लागेको उजागर भएको छ । यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ । मुलुकका सबै देशभक्त र लोकतान्त्रिक राजनीतिक शक्तिहरुले सरकारको यसप्रकारको बदनियतपुर्ण हर्कतको सशक्त बिरोध र प्रतिबाद गर्न जरुरी छ ।
उनले लोकतान्त्रिक शक्तिले बिरोध र प्रतिबाद गर्न जरुरी रहेको बताएका छन्


