CLI

अध्यक्ष ओली पक्राउपछि एमाले सचिवालयको आकस्मिक बैठक

काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको आकस्मिक सचिवालय बैठक बस्दैछ। बैठकमा सहभागी हुन नेताहरू च्यासलस्थित पार्टी कार्यालयमा भेला भइसकेका छन्।

सचिव महेश बस्नेतले बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन्। उनका अनुसार, सरकारले प्रतिशोध साधेर ओलीलाई पक्राउ गरेको भन्दै एमाले नेताहरूले विरोध जनाइरहेका छन्। यस बैठकलाई एमालेले आगामी राजनीतिक रणनीति तय गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको आकस्मिक सचिवालय बैठक बस्दैछ। बैठकमा सहभागी हुन नेताहरू च्यासलस्थित पार्टी कार्यालयमा भेला भइसकेका छन्।

सचिव महेश बस्नेतले बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन्। उनका अनुसार, सरकारले प्रतिशोध साधेर ओलीलाई पक्राउ गरेको भन्दै एमाले नेताहरूले विरोध जनाइरहेका छन्। यस बैठकलाई एमालेले आगामी राजनीतिक रणनीति तय गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ।

Leave Your Comment

Related News