CLI

कार्की आयोगको प्रतिवेदन जलाउँदै एमाले कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा प्रदर्शन सुरु गरेका छन् ।  जेनजी  आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् ।

जेनजी  आन्दोलनको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

चुनावपछि गठन भएको बालेन नेतृत्वको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबार गरेको थियो ।

सरकार गठन भएको पहिलो दिन नै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिए लगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउको प्रक्रिया सुरु गरिएको थियो ।

शनिबार बिहान ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

Leave Your Comment

Related News