CLI

उच्च अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेको छ । बजार २८३१.३९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको छ ।१ लाख ५९ हजार ३२८ पटक्को कारोबारमा ३ करोड १६ लाख ६ हजार कित्ता सेयर खरिदबीक्री भएको हो । कारोबार रकम भने  १२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा कारोबार रकम २ अर्ब ६ करोड ६७ लाख रुपैयाँले घटेको छ । आइतबार कारोबार रकम १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ७.९० अकं घटेको छ भने फ्लोट इण्डेक्स ३.२० र सेन्सेटिभ फ्लोट डण्डेक्स २.५५ अंक घटेको छ ।

यस दिन सबै उप समूह घटका छन् । बैंकिङ १.८६ प्रतिशतले,विकास बैंक १.२४, वित्त २.००, होटल्स तथा पर्यटन समूह १.१८, जलविद्युत १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन र प्रशोधन ०.२१, लघुवित्त १.३०, म्युअुचल फण्ड ०.९८ निर्जीवन बीमा १.८२, अन्य समूह २.१३ र व्यापार समूह २.५६ प्रतिशतले घटेका छन्।

रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी, रिज लाइन,  भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको करिब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News