CLI

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिइन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उनले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन ।अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

Leave Your Comment

Related News