काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा एक व्यक्तिविरुद्ध उजुरी दिएका छन् । अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिएका हुन् ।
“मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारवाही गरी पाऊँ”,अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।


