CLI

अर्थमन्त्री वाग्ले भन्सार विभाग अनुगमनमा

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार भन्सार विभागको अनुगमन गर्दै राजस्व सङ्कलनको अवस्था, कार्यप्रणाली तथा आगामी लक्ष्यबारे जानकारी लिएका छन्।

अनुगमनका क्रममा उनले राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने उनले उल्लेख गरे।

“राजस्व सङ्कलनमा इमानदारी र प्रतिबद्धता देखिए मन्त्रालयले आवश्यक प्रोत्साहनको व्यवस्था गर्नसक्छ,” मन्त्री वाग्लेले भने।

उनले राजस्व सङ्कलन वृद्धि गर्दै सरकारको समग्र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका छन्। साथै, यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको समेत विशेष चासो रहेको जनाउँदै नियमित अनुगमन भइरहेको जानकारी दिए।

सो अवसरमा मन्त्री वाग्लेले विभागअन्तर्गतको भन्सार प्रयोगशालाको निरीक्षण समेत गरेका थिए। प्रयोगशालाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारिता बढाउने विषयमा आवश्यक निर्देशन दिइएको उनको सचिवालयले जनाएको छ।

Leave Your Comment

Related News