आईएमएफले नेपाललाई साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा निकासा गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५० करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ ।

आईएमएफल विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तरगत उत्त रकम स्वीकृत गरेको हो । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो। यसअघि नै तीन किस्ता नेपालले पाइसकेको छ । अब नेपालले अन्तिम किस्ता पाउनेछ।

चौथो किस्ता प्रदान गर्न मूल्यांकनका लागि गत जेठमा आइएमएफको एसिया प्रशान्त समूहका उपनिर्देशक डा। टिडियन किन्डाको नेतृत्वमा नेपालमा मूल्यांकन मिसन आएको थियो । सो मिसनले दिएको प्रतिवेदनका आधारमा कार्यकारी सञ्चालक समितिले सहयोग निकासा गरेको हो ।

गत वर्ष आर्थिक अवस्थामा सुस्तता आए पनि सजकतापूर्वक मौद्रिक नीतिबाट गरिएको सहयोगले आर्थिक गतिविधामा सुधार ल्याउन सहयोग गरेको कोषको मूल्यांकन छ । सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउने योजना बनाएकाले आर्थिक गतिविधिमा सुधार आउने कोषको प्रक्षेपण छ ।

गत वर्ष मन्दीका कारण आर्थिक अवस्थामा केही हास आए पनि यो वर्ष अर्थतन्त्र पनि राम्रो दिशामा अघि बढेको र छिट्टै यसले प्रगति गर्ने अपेक्षा आइएमएफको छ ।

विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार