काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी एवम व्यवसायी नरेश लाल श्रेष्ठले सोमबार आफनो समूहको घोषणा गरेका छन् । उपाध्यक्षका उम्मेदवार रहेका श्रेष्ठको तर्फबाट बलियो समूह घोषणा गरिएको बताइएको छ ।
उद्योगी एवम व्यवसायीको समूहमा उपाध्क्षयको उम्मेदवार समेत रहेका श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।
नरेश लाल श्रेष्ठ
स्वर्गीय कृष्ण लाल श्रेष्ठ र आमा हरिमाया श्रेष्ठबाट २०२६ माघ २६ गते जन्म लिएका नरेश लाल श्रेष्ठ नेपाली समाजमा प्रख्यात उद्योगी एवम व्यवसायी हुन् । महासंघमा दुई कार्यकाल कार्यकारीण्ी सदस्यको जिम्मेवारी लिइसकेका श्रेष्ठले बाग्मती पेपर इन्डष्ट्रिज, बाग्मती आर्टस् एण्ड ह्यान्डीक्राफ्ट्स र शुभ लक्ष्य डेभलपर्स व्यवसाय सञ्चालन गर्दै आएका छन् । सेवा क्षेत्रमा उलने स्वर्णिम होटल स्थापना गरी स्वदेशी तथा विदेशी नागरिकहरुलाई निरन्तर सेवा दिइरहेका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा समेत योगदान दिने क्रममा श्रेष्ठले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत हुन् ।
नेपाल उन फेल्ट उत्पादक तथा निर्यात संघमा तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सफल पूर्वक निर्वाह गरेका श्रेष्ठ सामाजिक काममा समेत सक्रिय रहेका छन् । उनले हरिमाया फाउण्डेसनमार्फत् नेपालका विभिन्न क्षेत्रका नागरिकलाई शिक्षा, स्वास्थ्यमा सहयोग गरेका छन् । यसमा साथै उनले सामाजिक क्षेत्रमा योगदान दिनुको साथै विपतमा परेकाहरुलाई आवश्यक राहत तथा पुनः उत्थानका लागि हर प्रकारको सहयोग गरेको पाइन्छ ।
श्रेष्ठ विभिन्न क्षेत्रमा योगदान पुराउने व्यक्तिको रुपमा चर्चित हुँदा हुदै पनि निजी क्षेत्रको हकहितमा निरन्तर सक्रियता रहेको पाइन्छ । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित विभिन्न संघसंस्थालाई आर्थिक, वित्तीय, दक्ष जनशक्ति र शैक्षिक लगायतका सहयोग निरन्तर गर्दै आएका छन् ।
हेम राज ढकाल
श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा अघि सारेका हेम राज ढकाल भोजपुर याकु ६ का हुन् । बुबा लक्ष्मण प्रसाद ढकाल र आमा राम रेखा ढकालको कोखबाट २०२३ वैशाख २२ गते भोजपुर, याकु ६ मा जन्म लिएका हुन् ।
वाणिज्य शास्त्रमा स्नातक, त्रिभुवन विश्वविद्यालय (सन् १९९३) र व्यवसाय प्रशासनमा डिप्लोमा, अस्ट्रेलियन बिजनेस कलेज (सन् १९९१) अध्ययन गरेका ढकालले निरन्तर मेहनत र सर्घषमार्फत् उद्योग र व्यवसायीको छवि बनाएका हुन् ।
उत्पादन र बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव बटुलेका उनको बैकिङ, फर्निसिङ, चिया उत्पादन र व्यवसाय व्यवस्थापनका क्षेत्रमा विशेष दख्खल रहेको पाइन्छ । नेपालको आर्थिक क्षेत्रमा अतुलनीय योगदान पुराएका ढकालले विभिन्न उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उनले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज प्रा.लि., बालाजी कोइर इन्डस्ट्रिज प्रा.लि, बालाजी ईपीई इन्डस्ट्रिज प्रा.लि, हेरिटेज फरेन ट्रेड हेरिटेज टी इन्डस्ट्रिज प्रा.लि र झापा टी स्टेट प्रा.लि निरन्तर सञ्चालन गर्दै आएका छन् । नेपालीमा समाजमा रहेको बेरोजगारीलाई चिर्नका लागि उनले विभिन्न उद्योग तथा व्यवसाय सञ्चालन गरेका हुन् ।
महासंघमा उपाध्यक्ष रहेका ढकाल वस्तुगत परिषद्, नेपाल उद्योग वाणिज्य महासंघका सभापति, नेपाल म्याट्रेस उत्पादक तथा वितरक संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष र झापा उद्योग वाणिज्य संघका समेत उपाध्यक्ष पदको जिम्मेवारी निर्वाह गरि सकेका व्यक्ति हुन् । उनी कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ पूर्व सभापति समेत हुन् ।
अन्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ) चिया कार्यदल, नेपालका पूर्व अध्यक्ष समेत रहेका ढकाल नेपाल चिया बगान संघ, झापाका पूर्व अध्यक्ष र नेपाल श्रीलंका उद्योग वाणिज्य संघका समेत पूर्व अध्यक्ष हुन् ।
कमला श्रेष्ठ
नरेश लाल श्रेष्ठको समूहतर्फ महिलातर्फको उपाध्यक्ष रहेकी अर्को चर्चित व्यवसायी हुन् कमला श्रेष्ठ ।
२०१५ चैत १० गते स्वर्गीय डम्मरबहादुर भट्टराई र स्वर्गीय चेत कुमारी भट्टराईको जन्म लिएकी श्रेष्ठको शैक्षिक योग्यता भने राजनीतिशास्त्र (त्रि.वि) मा स्नातक रहेको छ । उनले आफनो क्षमतालाई अघि बढाउने क्रममा थाइल्याण्ड (१९७९ एडी) मा व्यूटिसियन २ वर्षे डिप्लोमा गरिन् , जसलाई उनले पछि व्यवसाय बनाइन् ।
श्रेष्ठको साइम ब्युटी सैलुन नेपालमा प्रथम आधुनिक सलुन (सन् १९७९) हो । जुन हालसम्म पनि सञ्चालनमा रहेको छ । साइम इस्च्युट अफ हेयर डिजाइन एण्ड ब्यूटी केयर (सन् १९९३) संस्थापक अध्यक्ष समेत श्रेष्ठ रहेकी छिन् । जुन प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीइभीटी) पहिलो मान्यता प्राप्त संस्था हो ।
मुलुकको सौन्र्दयको व्यवसायीक क्षेत्रमा मात्र उनले आफूलाई सीमित नराखी सामाजिक काममा पनि उत्तिकै सक्रिय राखेको पाइन्छ । सोही क्रममा २०७२ को महाभूकम्प पीडितलाई लत्ताकपडा, खाद्यान्न तथा आर्थिक सहयोग गर्ने देखि लिएर उनले आगजनी पीडितलाई आर्थिक सहयोग र अनाथ तथा आर्थिक अवस्था कमजोर विद्यार्थीमध्ये वार्षिक २ जनालाई निःशुल्क तालिम दिने गरेको पाइन्छ । साथै उनले जिल्ला जिल्लामा निःशुल्क तालिमहरु सञ्चालन गरी बालिकाहरुलाई सक्षम बनाउने गरेको समेत पाइन्छ ।
सामाजिक र व्यवसायिक काममा निरन्तर लागेकी श्रेष्ठ महासंघमा ४ पटक केन्द्रीय सदस्य निर्वाचित भइसकेकी छिन् ।
साथै महासंघमा महिला उद्यमी विकास समिति सभापति ३ कार्यकाल र नेपाल च्याम्बर अफ कमर्शको सदस्य रहेकी श्रेष्ठ नेपाल सिंगापुर च्याम्बर अफ कमर्शमा समेत आवद्ध छिन् । आफनो क्षेत्र अन्तर्गत उनी ललितपुर च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिज सदस्य र रोटरी क्लब अफ पाटनको समेत सदस्य रहेकी छिन् ।
श्रेष्ठको समूहमा हेमराज ढकाल र कमला श्रेष्ठका साथै भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रसाद प्रधान, पशुपति देव पाण्डे, हरि बहादुर कार्की, सागर ढकाल, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, कृष्ण भक्त श्रेष्ठ, बिदुर धमला, सुरज बन्जाडे, सुनैना घिमिरे पाण्डे, विप्लव अधिकारी र सुधिर पराजुली केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।


