CLI

१९.७० अंकले बढ्यो नेप्से,घट्यो कारोबार रकम

काठमाडौं । मंगलबर नेप्से परिसूचक १९.७० अंकले बढेको छ । बजार २८५१.०९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३९ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख ३७ हजार ८५७ पटक्को कारोबारमा २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम

१ अर्ब ८५ करोड ४१ लाख रुपैयाँले कम हो । सोमबार कारोबार रकम १२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ  थियो ।

सेन्सेटिभ इण्डेक्स ३.२६ अकं बढेको छ भने फ्लोट इण्डेक्स १.२४ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.०२ अंक बढेको छ ।

यस दिन ११ वटा उप समूह बढेका छन् भने २ वटा घटेका छन् । बैंकिङ ०.७६ प्रतिशतले,विकास बैंक ०.९०, वित्त १.१२, होटल्स तथा पर्यटन समूह १.००, जलविद्युत ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, उत्पादन र प्रशोधन १.९४, लघुवित्त ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशतले बढेको छन्। म्युअुचल फण्ड ०.०७ र अन्य समूह ०.५५ प्रतिशतले घटेका छ ।

रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी, रिज लाइन,  भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९.९७ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधार यस दिन रिडी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४८ करोड ४८ लाख ४६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। अपि पावरको ४० करोड ३८ लाख ९३ हजार, एनआरएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ८७ लाख, एसवाई प्यानलको ३७ करोड ४६ लाख र  कुमारी बैंकको ३५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

Leave Your Comment

Related News