काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।
चाँदी पनि १ सय रुपेयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ थियो ।


