१८ सयले बढ्यो सुन

काठमाडौं ।  शुक्रबार सुनको भाउ १८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार   शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४६ हजार ७०० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुन प्रति तोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य प्रति तोलामा ५ रुपैयाँ बढेर १ हजार ९०० रुपैयाँ पुगेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार