CLI

टीभीएसको नयाँ वर्ष अफर : बाइक किन्दा ५ वर्षसम्म निःशुल्क पेट्रोल जित्ने मौका

काठमाडौं । नेपालका लागि TVS Motor Companyको आधिकारिक वितरक जगदम्बा मोटर्स ले नयाँ वर्ष २०८३ को अवसरमा ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ नामक विशेष अफर सार्वजनिक गरेको छ।

यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।अफरअन्तर्गत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक लाभ प्राप्त गर्नेछन्। ग्राहकले प्रत्येक दिन ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने अवसर पाउने व्यवस्था गरिएको छ, जसले यात्रालाई अझ सहज र किफायती बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, ग्राहकहरूले अधिकतम ५ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन्। साथै, २ हजार ९ सय ६७ रुपैयाँबाट सुरु हुने न्यूनतम ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ, जसले स्वामित्वलाई अझ सहज बनाउने कम्पनीको दाबी छ।कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ वर्षलाई नयाँ सुरुवातको समय भन्दै यस अफरमार्फत ग्राहकको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य रहेको बताए।

यस्तै, उपाध्यक्ष दिपक रौनियारले कम्पनी सधैं ग्राहक केन्द्रित योजना ल्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै नगद, एक्सचेन्ज र फाइनान्स सबै माध्यमबाट अफर उपलब्ध हुने जानकारी दिए। साथै, अन्य ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरमा पनि राम्रो मूल्याङ्कन गरिने उनले बताए।

यस अफरमार्फत टीभीएसले ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै विश्वसनीयता, प्रदर्शन र मूल्यमा आधारित सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

Leave Your Comment

Related News