CLI

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद सुरु

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् । सरकारले सय दिनभित्र साना बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला यो पहल गरिएको हो।

बिहीबार बिहानदेखि मन्त्रालय परिसरमा देशभरका विभिन्न सहकारी संस्थाका पीडितहरू भेला भई आफ्ना समस्या, गुनासा र अनुभवहरू मन्त्रीसमक्ष राखिरहेका छन्। लामो समयदेखि बचत फिर्ता नपाउँदा प्रभावित सर्वसाधारणले पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका हुन्।

छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारिन् । “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उनले भनिन्

उनका अनुसार सरकारले सहकारी क्षेत्रमा देखिएका संरचनात्मक समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा सरकार केन्द्रित रहेको उनीको भनाइ छ। यस पहलले सहकारी क्षेत्रमा देखिएको संकट समाधानतर्फ ठोस कदम चालिने र पीडितहरूलाई केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News