काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा उद्योगी तथा व्यवसायीहरुले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यही २९ र ३० चैतमा हुने महासंघको ६० औं वार्षिक साधारण सभामार्फत् वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बन्नका लागि उद्योगी तथा व्यवसायीहरुले प्रतिस्पर्धा र्गन लागेका हुन् ।
वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका लागि उद्योगी एवम व्यवसायीद्धय हेमराज ढकाल समूह र रामचन्द्र संघई र सुरकृष्ण वैध समूहले दाबेदारी प्रस्तुत गरेका छन् ।
महासंघ उपाध्यक्ष हेमराज ढकाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि ढकालले रामचन्द्र संघई र सुरकृष्ण वैधसँग प्रतिस्पर्धा गर्ने भएका छन् । रामचन्द्र संघई र सुरकृष्ण वैध एउटै समूह भए पनि वरिष्ठ उपाध्यक्षका लागि उनीहरु बीच सहमति हुन सकेको छैन । यो निर्वाचनमा संघईले नै वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा निश्चित रहेको एक उद्योगीले बताए ।
वरिष्ठ उपाध्यक्षका बलियो दावेदारी प्रस्तुत गरेका हेमराज ढकालको समूहमा ज्योत्सना श्रेष्ठ, कल्पना गैरे, उमेश डालमिया, नरेशलाल श्रेष्ठ र कमला श्रेष्ठ रहेका छन् ।
रामचन्द्र संघई र सुरकृष्ण वैध समूहमा भने शिव प्रसाद घिमिरे, प्रवलजंग पाण्डे, दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा रहेका छन् ।
त्यस्तै वस्तुगत उपाध्यक्षका लागि शिव प्रसाद घिमिरे र नरेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । एसोसिएट उपाध्यक्षका लागि ज्योत्सना श्रेष्ठ र प्रवलजंग पाण्डेले प्रतिस्पर्धा गर्ने भएका छन् ।
ढकाल समूहकी कल्पना गैरले जिल्ला नगर उपाध्यक्ष पदका लागि दिलसुन्दर श्रेष्ठ सँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । श्रेष्ठ संघई सूमहका हुन् । जिल्ला नगरतर्फ उपाध्यक्षका लागि उमेश डालमिया र कृष्णप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । ढकाल समूहमा महिला उपाध्यक्षकी उम्मेदवारी कमला श्रेष्ठ रहेकी छिन् ।
ढकाल समूहले फागुन ११ गते दरबारमार्गमा रहेको होटल याक एण्ड यतीमा आफनो समूहको घोषणा गरेका हुन् । चैत ९ गते संघई समूहले लाजिम्पाटस्थित होटल ¥याडिसनमा आफनो समूह घोषणा गरेको हो । ढकाल समूहलाई अधयक्ष चन्द्र प्रसाद ढकालको समर्थन रहेको छ भने संघई समूहलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन रहेको छ । वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन भने संघई समूहमा रहेको छ । श्रेष्ठ यसपछि स्वतः अध्यक्ष बन्ने छन् ।


