CLI

सिटी वालेट र छिटो पैसा मर्ज, ‘सिटी वालेट’ नामबाट एकीकृत सेवा सुरु हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएका २ संस्थाहरू सिटी वालेट प्रालि र छिटो पैसा प्रालि एक आपसमा गाभिएका छन् । यी २ संस्था गाभिएर अब ‘सिटी वालेट प्रालि’ को नामबाट एकीकृत कारोबार सञ्चालन हुने भएको छ ।  दुवै संस्थाको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार आगामी बैशाख ३ गते बिहीबारदेखि एकीकृत रूपमा सञ्चालन हुनेछ।

‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप–विनियम १३ मा भएको व्यवस्था बमोजिम सम्पन्न गरिएको हो । यस मर्जरसँगै अब दुवै वालेटका प्रयोगकर्ताहरूले ’सिटी वालेट’ को नामबाट एकीकृत डिजिटल भुक्तानी सेवा प्राप्त गर्नेछन् । यसअघि खल्ती पे र आईएमई पे मर्जर भएर खल्ती बाई आईएमई पेको रुपमा सञ्चालन भइसकेको छ।

Leave Your Comment

Related News