काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरे । –––
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री


