CLI

नेपाल प्रहरीमा प्राविधिक समूहका ६०७ रिक्त पदमा भर्ना खुल्यो, कुन पदमा कति?

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

जसमध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त आव्हान गरिएको हो ।

नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ६५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव उपरीक्षक पदका लागि १ जना, प्राविधिक प्रहरी निरीक्षक पदका लागि १० जना, प्राविधिक प्रहरी नायव निरीक्षक ८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, विधि विज्ञानतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २ जना र प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि ३ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

यसैगरी प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त ४ सय ७८  जना प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

दरखास्त दिने उम्मेदवारहरू मध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदको लागि नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ ।

अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।

ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ ।

यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, विधि विज्ञानतर्फ नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ ।

साथै प्राविधिक प्रहरी जवान पदको लागि ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र, ३ वटा जिल्ला प्रहरी परिसर र ७४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त दिन सकिने छ ।

प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २५ गतेदेखि २०८३ वैशाख २४ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।

साथै प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २६ गतेदेखि २०८३ वैशाख ३१ गतेसम्म कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

Leave Your Comment

Related News