काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो। निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो।
सभामुख निर्वाचन भने चैत २२ गते हुनेछ। त्यसपछि अर्याल औपचारिक रूपमा सभामुख हुनेछन्।


