वाणिज्य बैंकहरुले ११ महिनामा कमाए ५६ अर्ब ४५ करोड नाफा, सबैभन्दा धेरै नाफा नबिल बैंकको

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब रुपैयाँले नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनसार चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । यो सँगै वाणिज्य बैंकहरुले एक महिनाकाो अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् , चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । समीक्षा अवधिमा नबिल बैंकको ६ अर्ब ३३ करोड रुपैयाँ, नेपाल बैंक लिमिटेडको १ अर्ब ७ करोड रुपैयाँ, , राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ६ करोड रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ३८ करोड रुपैयाँ, स्टायन्र्डड चार्टर बैंकको ३ अर्ब १ करोड रुपैयाँ , हिमालनय बैंकको २ अर्ब ७६ करोड रुपैयाँ, नेपाल एसबीआइ बैंकको १ अर्ब ६६ करोड रुपैयाँ , ३ अर्ब १३ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको २ अर्ब २३ करोड रुपैयाँ माछापुच्छ« बैंकको १ अर्ब २८ करोड रुपैयाँ र कुमारी बैंकको १ अर्ब ६७ करोड रुपैयाँ नाफा रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा लक्ष्मी बैंकको २ अर्ब ३७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब २७ करोड रुपैयाँ, कृषि विकास बैंकको ८५ करोड रुपैयाँ, ग्लबोल आइएमइ बैंकको ५ अर्ब ९ करोड रुपैयाँ, सिटिजन बैंकको १ अर्ब ७५ करोड रुपैयाँ , प्राइम बैंकको ३ अर्ब ५५ करोड रुपैयाँ, एनएमबी बैंकको २ अर्ब ७७ करोड रुपैयाँ , प्रभु बैंकको ३ अर्ब ३ करोड रुपैयाँ र सानिमा बैंकको २ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार