काठमाडौं । काठमाडौं, कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो।
प्रहरीले बिष्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ। उक्त सहकारी संस्थामार्फत साढे ५ अर्ब रुपैयाँभन्दा बढी ठगी भएको आरोप लाग्दै आएको छ। उनी नेकपाका संयोजक प्रचण्ड निकट मानिन्छन् । यसअघि उनलाई प्रचण्डले संरक्षण गर्दै आएका थिए । उनीमाथि अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


